स्टक

नेपालका फार्मेसीका लागि औषधि स्टक व्यवस्थापन सफ्टवेयर: हरेक ब्याच, हरेक म्याद मिति

HopMeds नेपालका फार्मेसी र मेडिकल पसलका लागि बनेको औषधि स्टक व्यवस्थापन सफ्टवेयर हो। हरेक खेप म्याद मिति, मूल्य र आपूर्तिकर्तासहित छुट्टै ब्याचका रूपमा दर्ता हुन्छ; काउन्टरले पहिले म्याद सकिने ब्याच पहिले देखाउँछ र म्याद नाघेको औषधि बेच्न दिँदैन; अनि म्याद सकिने औषधिको अलर्ट र कम स्टकको सङ्केतले पैसा डुब्नुअघि नै के गर्नुपर्छ भनेर देखाउँछ।

ब्याचअनुसार स्टक प्राप्त गर्नुहोस् र सच्याउनुहोस्

हरेक खेप एउटा ब्याचका रूपमा दर्ता हुन्छ: ब्याच नम्बर, म्याद र उत्पादन मिति, परिमाण, खरिद र बिक्री मूल्य, अनि आपूर्तिकर्ता। म्याद मितिबिना HopMeds ले औषधिको ब्याच सेभ गर्दैन, र बितिसकेको म्याद मिति स्वीकार गर्दैन। नयाँ औषधि थप्दा त्यसको सुरुको ब्याच पनि सोही फारममा भरिन्छ।

गन्ती बेलाबेला मिल्दैन: पत्ता च्यातिन्छ, बट्टा हराउँछ। कम्तीमा १० अक्षरको लिखित कारणसहित ब्याचको स्टक थप्नुहोस् वा घटाउनुहोस्। गलत ब्याच नम्बर, म्याद वा मूल्य पनि यसै गरी सच्याइन्छ, र हरेक ब्याचको स्टक कहिले, कति र कसले चलायो भन्ने मितिसहितको इतिहास रहन्छ।

  • हरेक ब्याचमा ब्याच नम्बर, म्याद, मूल्य र आपूर्तिकर्ता
  • हरेक समायोजन र सच्याइमा लिखित कारण
  • सर्जिकल, सरसफाइ, गर्भनिरोधक, पोषण र अन्य गैर-औषधि स्टकका लागि सामान्य सामग्री (General Items)

टाइप गर्नुको सट्टा लेबलको फोटो खिच्नुहोस्

नयाँ औषधि थप्दा “औषधिको लेबल स्क्यान” थिच्नुहोस् र पत्ता वा बट्टाको फोटो खिच्नुहोस्। HopMeds ले ब्याच नम्बर, म्याद मिति, उत्पादन मिति र छापिएको MRP पढ्छ — प्रायः ब्रान्ड, जेनेरिक नाम, शक्ति र उत्पादक पनि — अनि फारमका खाली कोठा भरिदिन्छ।

तपाईंले जाँच नगरेसम्म केही पनि सेभ हुँदैन। तपाईंले पहिल्यै भरेका कोठा छोइँदैनन्, र भरिएको हरेक कोठा सेभ गर्नुअघि सच्याउन सकिन्छ। नतिजा फोटो प्रस्ट र उज्यालो हुनुमा भर पर्छ, त्यसैले यसलाई पुष्टि गर्नुपर्ने मस्यौदा ठान्नुहोस्।

  • Basic मा महिनामा ५० लेबल स्क्यान, Plus मा १५०, Pro मा असीमित
  • फोनको क्यामेरा वा कम्प्युटरमा राखिएको फोटो प्रयोग गर्नुहोस्
  • फोटो पढ्ने AI सेवाको नाम हाम्रो गोपनीयता नीतिमा खुलाइएको छ।

काउन्टरले पहिले म्याद सकिने ब्याच पहिले बेच्छ (FEFO)

ब्रान्ड नाम, जेनेरिक नाम वा उत्पादकको नामका केही अक्षर टाइप गरेर औषधि खोज्नुहोस्। बिलमा HopMeds ले बेच्न मिल्ने ब्याच मात्र देखाउँछ (स्टकमा भएको, मूल्य राखिएको र म्याद बाँकी भएको), सबैभन्दा पहिले म्याद सकिने ब्याच माथि राखेर त्यही छान्छ: जसको म्याद पहिले सकिन्छ, त्यो पहिले बिक्री। हरेक विकल्पमा ब्याच, म्याद, आपूर्तिकर्ता, परिमाण र मूल्य देखिन्छ, र म्याद नजिकिएका ब्याचमा चेतावनी चिन्ह हुन्छ।

फार्मासिस्टले चाहेमा बेच्न मिल्ने अर्को ब्याच छान्न सक्नुहुन्छ। म्याद नाघेको ब्याच गल्तीले पनि बेचिँदैन: बिल नै अस्वीकार हुन्छ। बिल रद्द गर्दा त्यसको स्टक फिर्ता आउँछ।

  • पहिले म्याद सकिने ब्याच आफैं छानिन्छ
  • म्याद नाघेका र स्टक सकिएका ब्याच काउन्टरमा देखिँदैनन्
  • ब्रान्ड, जेनेरिक नाम वा उत्पादकबाट खोज

म्याद सकिने औषधिको अलर्ट, कम स्टक र नबिकेको स्टक: के हेर्नुपर्छ, एकै ठाउँमा

म्याद चेतावनी (Expiry Alerts) ले ब्याचहरूलाई म्याद नाघिसकेको र ९० दिनभित्र म्याद सकिने गरी दुई समूहमा देखाउँछ — परिमाण, म्याद मिति, बाँकी दिन र जोखिममा रहेको रकम रुपैयाँमा। हरेक औषधिका लागि तपाईंले तोकेको पुनःअर्डर तहमा वा त्यसभन्दा तल झरेका औषधि (तपाईंले नफेरेसम्म यो तह १० रहन्छ) स्टक सूचीमा चिनो लागेर देखिन्छन् र ड्यासबोर्डमा गनिन्छन्, अनि अर्डर सूचीले पहिले सकिने औषधि माथि राख्छ।

Dead Stock ले तपाईंले छानेको अवधिमा — एक हप्तादेखि छ महिनासम्म — स्टक भएर पनि नबिकेका औषधि देखाउँछ, जसमा जति धेरै पैसा अड्किएको छ उति माथि। Performance ले तपाईंले छानेको अवधिभित्र औषधिलाई बिक्री सङ्ख्या, आम्दानी, नाफा वा मार्जिनअनुसार क्रमबद्ध गर्छ र नाफामा हिस्साका आधारमा हरेकलाई A, B वा C वर्ग दिन्छ, जसले कुन थोरै औषधि कहिल्यै सकिन दिनु हुँदैन भन्ने देखाउँछ।

  • म्याद नाघेको र सकिन लागेको स्टकमा जोखिममा रहेको रकम
  • अड्किएको रकमका आधारमा क्रमबद्ध नबिकेको स्टक
  • चेतावनी HopMeds भित्रै देखिन्छ; SMS वा इमेल पठाइँदैन

आपूर्तिकर्ता, खरिद आदेश र हिसाब आफैं गर्ने अर्डर सूची

आपूर्तिकर्ताको सम्पर्क व्यक्ति, फोन र PAN राख्नुहोस्। खरिद आदेश बनाउनुहोस्, मस्यौदा रहुन्जेल सम्पादन गर्नुहोस्, र आपूर्तिकर्तालाई साँच्चै अर्डर गरेपछि मात्र पुष्टि गर्नुहोस्। आपूर्तिकर्तालाई तिर्न बाँकी रकम ड्यासबोर्डमा देखिन्छ; Plus देखि हिसाब (Books) मा आपूर्तिकर्ताका बिल, भुक्तानी र उमेरअनुसार बक्यौताको रिपोर्ट थपिन्छ।

अर्डर सूचीले साँच्चै के बिक्छ भन्ने हेरेर के किन्ने भनेर हिसाब गर्छ। यसले हरेक औषधिको ७, ३० वा ९० दिनको बिक्री नाप्छ, भएको स्टक कति दिन धान्छ र कति पहिल्यै अर्डरमा छ भनेर हेर्छ, अनि कति किन्ने र सधैं किन्ने आपूर्तिकर्ता सुझाउँछ — पछिल्लो पटक तिरेको मूल्यमा अनुमानित लागतसहित। एउटै बटनले अर्डर गर्नुपर्ने सबै लाइनलाई आपूर्तिकर्ताअनुसार एक-एक खरिद आदेशको मस्यौदा बनाइदिन्छ; परिमाण जाँचेर पुष्टि तपाईं गर्नुहुन्छ।

  • निश्चित सङ्ख्या होइन, वास्तविक बिक्रीमा आधारित अर्डर सुझाव
  • मस्यौदा कहिल्यै आफैं पुष्टि हुँदैन
  • ड्यासबोर्डमा आपूर्तिकर्ताको बाँकी; Plus देखि हिसाबमा आपूर्तिकर्ताका बिल, भुक्तानी र बक्यौता

हालको सूचीबाट सुरु गर्नुहोस्, थप शाखासम्म बढ्नुहोस्

सबै औषधि फेरि टाइप गर्नु पर्दैन। औषधि सूची Excel, CSV वा JSON मा (१०,००० पङ्क्तिसम्म) अपलोड गर्नुहोस्, पूर्वावलोकन हेर्नुहोस्, आफ्ना स्तम्भलाई नाम, जेनेरिक नाम, औषधिको रूप, शक्ति, उत्पादक जस्ता फिल्डसँग मिलाउनुहोस्, अनि लागू गर्नुहोस्। कुनै पङ्क्ति HopMeds मा पहिल्यै भएको औषधिसँग मिल्यो भने आयात रोकिन्छ र ती पङ्क्ति देखाइन्छन्, त्यसैले केही पनि दोहोरिँदैन। त्यसपछि सुरुको परिमाण र म्याद मिति ब्याचअनुसार प्राप्त गरिन्छ, र पहिलो आयातमा हाम्रो टोलीले सघाउँछ।

Basic मा एउटा शाखा र Plus मा दुईवटा शाखा चल्छन्। Pro मा शाखाबीच स्टक स्थानान्तरण र मालिकको दृश्य थपिन्छ, जसले सबै शाखाको बिक्री, ग्राहकबाट उठ्न बाँकी रकम र स्टकको मूल्य एउटै स्क्रिनमा देखाउँछ।

  • पूर्वावलोकन र स्तम्भ मिलानसहित निर्देशित आयात
  • Basic मा १ शाखा, Plus मा २, Pro मा असीमित
  • Pro मा स्टक स्थानान्तरण र सबै शाखा एकै ठाउँमा देखिने मालिकको दृश्य

HopMeds ले के दाबी गर्दैन: HopMeds ले बारकोड पढ्दैन र बारकोड स्क्यानरसँग जोडिँदैन। लेबलको फोटोबाट पढिएको विवरण तपाईंले पुष्टि गर्नुपर्ने मस्यौदा हो, ग्यारेन्टी होइन। म्याद सकिने र कम स्टकका चेतावनी एपभित्र मात्र देखिन्छन्; SMS, इमेल वा पुश सूचना पठाइँदैन। खरिद आदेश आपूर्तिकर्तालाई आफैं पठाइँदैन। होस्टेड सेवाका लागि इन्टरनेट चाहिन्छ; इन्टरनेट बन्द हुँदा पनि काम जारी राख्नुपर्ने फार्मेसीका लागि पसलकै कम्प्युटरमा छुट्टै स्थानीय जडान उपलब्ध छ।

फार्मेसी स्टक र म्यादबारे प्रश्नहरू

के HopMeds ले औषधिलाई ब्याच र म्यादअनुसार ट्र्याक गर्छ?

गर्छ। हरेक खेप आफ्नै ब्याच नम्बर, म्याद मिति, मूल्य र आपूर्तिकर्तासहितको एउटा ब्याच हो। काउन्टरले पहिले म्याद सकिने ब्याच पहिले बेच्छ (FEFO), म्याद नाघेका र स्टक सकिएका ब्याच लुकाउँछ, र म्याद नाघेको ब्याचको बिल अस्वीकार गर्छ।

के म बारकोड स्क्यान गर्न सक्छु?

अहिलेसम्म सकिँदैन। HopMeds बारकोड स्क्यानरसँग चल्दैन, र खोजले बारकोड हेर्दैन; ब्रान्ड नाम, जेनेरिक नाम वा उत्पादकको नामका केही अक्षर टाइप गरेर औषधि भेटिन्छ। नयाँ औषधि थप्दा टाइप गर्ने झन्झट घटाउन औषधिको लेबलको फोटो खिच्नुहोस्, HopMeds ले ब्याच नम्बर, म्याद र MRP भरिदिन्छ र तपाईं पुष्टि गर्नुहुन्छ।

लेबलको फोटोबाट पढ्ने काम कत्तिको सही हुन्छ?

यो फोटोमा भर पर्छ। प्रस्ट र उज्यालो फोटो सबैभन्दा राम्ररी पढिन्छ; खुम्चिएको वा टल्कने पत्ता गलत पढिन सक्छ। त्यसैले HopMeds ले खाली कोठा मात्र भर्छ र तपाईंले हरेक कोठा नजाँचेसम्म केही सेभ गर्दैन। Basic मा महिनामा ५० स्क्यान, Plus मा १५० र Pro मा असीमित।

के मेरो फोनमा म्याद सकिने चेतावनी आउँछ?

सन्देशका रूपमा आउँदैन। म्याद सकिने औषधिको अलर्ट र कम स्टकको सङ्केत HopMeds भित्रै हुन्छन्, जुन फोनको ब्राउजरमा वा होम स्क्रिनको आइकनबाट खोल्न सकिन्छ। HopMeds ले SMS, इमेल वा पुश सूचना पठाउँदैन।

के म Excel मा भएको हालको स्टक सूची आयात गर्न सक्छु?

सक्नुहुन्छ। Excel, CSV वा JSON फाइल अपलोड गर्नुहोस्, पङ्क्तिहरूको पूर्वावलोकन हेर्नुहोस्, स्तम्भ मिलाउनुहोस् र लागू गर्नुहोस्। आयातले औषधिको सूची ल्याउँछ; परिमाण र म्यादसहितका सुरुका ब्याच पछि प्राप्त गरिन्छन्, र त्यो सुरुको काममा हाम्रो टोलीले सघाउन सक्छ।

के म शाखाबीच स्टक सार्न सक्छु?

सक्नुहुन्छ, Pro योजनामा। Pro मा सबै शाखा एकै ठाउँमा देखिने मालिकको दृश्य पनि थपिन्छ। Basic मा एउटा शाखा र Plus मा दुईवटा शाखा हुन्छन्, र हरेक शाखाको आफ्नै ब्याच र स्टक रहन्छ।

आफ्नो फार्मेसी सुरु गर्नुहोस्

आफ्नो पसलबारे बताउनुहोस्, हामी सुरु गराइदिन्छौं — हालको स्टक सूची सार्ने काम पनि सहित।

वा सिधा फोन गर्नुहोस्: +977-9768542410